Section 33
सम्पर्क कार्यालय खोल्न सक्ने
(१) प्राधिकरणको पूर्व स्वीकृति लिई प्रचलित कानूनको अधीनमा रही कुनै विदेशी बीमा कम्पनीले नेपालमा आफ्नो सम्पर्क कार्यालय खोल्न :सक्नेछ।

तर त्यस्तो सम्पर्क कार्यालयले बीमा व्यवसाय वा कारोबार गर्न सक्ने छैन।

(२) विदेशी बीमा कम्पनीको सम्पर्क कार्यालय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।